आज ८ बजे प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने

0
1222
नरेन्द्र मोदी (फाइल फोटो)।

नयाँ दिल्ली, १२ मईः प्रधान मन्त्री नरेन्द्र मोदीले आज राति ८ बजे राष्ट्रलाई सम्बोधन गर्नेछन्।

कोरोना सङ्क्रमणको महामारीलाई रोक्न जारी लकडाउनबीच आज प्रधानमन्त्रीले केही ठूलो घोषणा गर्ने सम्भावना छ।

प्रम मोदीले हिजो देशका सबै राज्यका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फ्रेन्सिङमार्फत् म्याराथन बैठक गरेका थिए।

बैठकमा महाराष्ट्र, पञ्जाब, तेलङ्गाना, पश्चिम बङ्गाल र बिहारका मुख्यमन्त्रीहरूले लकडाउन बढ़ाउने अपील गरेका थिए।

उल्लेखनीय छ, जारी लकडाउनबीच पनि देशका विभिन्न भागमा कोरोना सङ्क्रमण अत्यधिक बढ़ेको छ। आज राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देशमा थप लकडाउन बढ़ाउने घोषणा गर्ने सम्भावना धेरै छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here