गोर्खा लीगले डाकेको सर्वदलीय बैठकमा क्रामाकपा नजाने

0
1467
क्रामाकपा प्रवक्ता गोविन छेत्री (फाइल फोटो)।

खरसाङ, 10 जनवरी : गोर्खा लीगले डाकेको यो बैठकमा क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी क्रामाकपाले नजाने निर्णय गरेको छ। बिहीवार क्रामाकपा प्रवक्ता गोविन छेत्रीले गोर्खा लीगको तर्फबाट सर्वदलीय बैठकमा निम्तो पठाएको पत्र पार्टीले प्राप्त गरिसकेको, तर क्रामाकपाले नजाने निर्णय गरेको जानकारी गराए।

उनले भने, “गोर्खा लीगले अघिबाटै आफ्नो पक्षको उम्मेद्वार तय गरिसकेको छ। यसैले सर्वदलीय बैठकमा जानुको कुनै अर्थ रहँदैन। हामी गोर्खा लीगले तय गरेका उम्मेद्वारलाई समर्थन अथवा विरोध जनाउन उक्त बैठकमा जानेछैनौं। छेत्रीका अनुसार क्रामाकपा भूमिपुत्र उम्मेद्वारको पक्षमा छ, तर भमिपुत्र उम्मेद्वार लोकसभाका लागि योग्य र इमानदार हुनुपर्छ।

हामी पनि साझा उम्मेद्वारको पक्षमा छौं। दार्जीलिङको समस्या बुझ्ने र बुझाउने सक्ने योग्य र इमानदार सांसदको पक्षमा क्रामाकपा सधैँ छ, तर पहिलाबाटै उम्मेद्वार तय गरिसकेर सर्वदलीय बैठक डाक्नु औचित्यहीन कुरा हो। यसैले क्रामाकपाले बैठकमा नजाने निर्णय गरेको हो। यदि पहिलाबाटै गोर्खा लीगले आफ्नो पक्षका उम्मेद्वारको नाम तय नगरेको भए हामी उक्त सर्वदलीय बैठकमा पक्कै जानेथियौं,  जनसंवादसँग विशेष कुराकानी गर्दै क्रामाकपा प्रवक्ताले भने।

उनका अनुसार क्रामाकपाले पनि आगामी लोकसभा चुनाउलाई लिएर जनवरीभित्र पहाड़का राजनीतिक दलहरूलाई लिएर सर्वदलीय बैठक आयोजन गरी ती राजनीतिक दलहरूको विचार बुझ्ने कार्यक्रम बनाएको छ। यद्यपि यो सर्वदलीय बैठकको मिति भने अहिले नै क्रामाकपाले निर्धारित गरिहालेको छैन।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here