एनजेपी आइरहेको रेल पुरुलियामै रोकियो, बिष्टले भने- उत्तर बङ्गालमा मानिसहरूलाई घर फर्किने अधिकार छैन?

0
1156
राजु बिष्ट (फाइल फोटो)।

दार्जीलिङ, १२ मईः लकडाउनका कारण अड़्केर बसेका श्रमिकहरूलाई लिएर बेङ्ग्लुरुबाट एनजेपीतर्फ आइरहेको विशेष श्रमिक रेललाई पुरुलियामै रोकेर राखेको सांसद राजु बिष्टले बताएका छन्।

यसका साथै उनले एनजेपीतर्फ गइरहेको रेललाई पुरुलियामा रोकेर राखेको खबरले आफू दुखित बनेको बताएका छन् भने तृणमूल सरकारमाथि कटाक्ष गर्दै के उत्तर बङ्गालका मानिसहरूलाई घर फर्किने अधिकार छैन भन्ने प्रश्न गरेका छन्।

यस विषयमा आफूले रेलवेका अधिकारीहरूसँग जानकारी लिँदा पश्चिम बङ्गाल  राजस्व विभागका मुख्य सचिवले जारी गरेको आदेशका कारण एनजेपीको सट्टा पुरुलियामा रेललाई रोकेर राखिएको रेलवेका अधिकारीहरूमार्फत् जानकारी प्राप्त भएको पनि उनले बताएका छन्।

‘उत्तर बङ्गाल गइरहेको रेललाई पश्चिम बङ्गाल सरकारले किन रोकेर राख्छ? एकातिर राज्यबाहिर फँसेका मानिसहरूलाई पश्चिम बङ्गाल घर फर्काउन चाहँदैन भने अर्कोतिर अन्य राज्यले व्यवस्थित गरेको रेललाई यसरू गन्तव्यमा पुग्न नदिएर उनीहरूले रोकेर राख्छन्’, बिष्टले थप भनेका छन्, ‘अचम्मको कुरा के छ भने एकातिर तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले मलाई बाहिर भएकाहरूलाई घर फर्काउन रेलको व्यवस्था गर्नुपर्ने आग्रह गर्छन् भने अर्कोतिर एनजेपीतर्फ गइरहेको रेललाई अर्कोतिर फर्काउँछन्।’

सांसद राजु बिष्टले राज्य सरकारमाथि थप प्रश्न गरेका छन्, ‘के उत्तर बङ्गालका मानिसहरूलाई प्राथमिकता दिन आवश्यक छैन? रेललाई गन्तव्यमा पुग्न नदिनु राजस्व विभागका मुख्य सचिवको संलग्नताको कारण के हो?’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here