गङ्गालाई दुर्गन्धित पार्नेमा बङ्गाल शीर्ष

0
1125
दुर्गन्धित गङ्गा (फाइल फोटो)।

नयाँदिल्ली, ११ जनवरी :  गङ्गाको सफाइको दाबी दिन प्रतिदिन फितलो बन्दै जाँदैछ। ‘क्वालिटी काउन्सिल अव् इण्डिया’ ले गरेको सर्वेक्षणकका अनुसार देशका ९७ मध्ये ६६ वटा नगरको कम्ती एउटा नाला गङ्गामा नै पुगेर मिसिन्छ। सर्वेका अनुसार गङ्गाको सबैभन्दा नराम्रो अवस्था पश्चिम बङ्गालमा छ।

पश्चिम बङ्गालमा गङ्गा नजिक रहेका लगभग ४० वटा  नगरको ७८ प्रतिशत नाला सोझै गङ्गामा गएर मिसिन्छ।  दोस्रो नम्बरमा उत्तर प्रदेश छ, जहाँ गङ्गाको किनारमा अवस्थित २१ नगरको नाला गङ्गामा मिसिनेगर्छ।

क्वालिटी काउन्सिल अव् इण्डियाले  यो सर्वेक्षण  कार्य १ दिसम्बर, २०१८ –मा शुरु गरेको थियो। सर्वेमा मिनिस्ट्री अव् हाउसिङ एण्ड अर्बन अफेयर्सद्वारा फोकस गरिएका चार प्राथमिक ठाउँलाई नै यसले फोकस गरेको थियो। सर्वेमा सफाइ, सोलिड वेस्ट म्यानेजमेण्ट सर्भिस,  ड्रेनेज सिस्टम र स्थानीय स्तरमा बनिएको सोलिड वेस्ट प्लाण्टलाई सामेल गरिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here