राहत प्याकेजलाई चियाबारी र सिन्कोना बगानका कर्मचारीहरूलाई विशेष फाइदा पुऱ्याउनेछः बिष्ट

0
1528
राजु बिष्ट (फाइल फोटो)।

दार्जीलिङ, १५ मईः केन्द्र सरकारद्वारा घोषणा गरिएको राहत प्याकेजले विशेषगरी चियाबारी र सिन्कोना बगानका कर्मचारीहरूलाई फाइदा पुग्ने सांसद राजु बिष्टले बताएका छन्।

बिष्टले भनेका छन्, ‘हाम्रा कर्मचारीहरूका सार्वभौमिक सुरक्षा कभरेजलाई यसले सुनिश्चित गर्नेछ।’

उनको दाबीका अनुसार केन्द्र सरकारले सबै प्रवासी मजदुर, कृषक, शहर र ग्रामीण क्षेत्रका गरीब जनतालाई व्यापक सहयोग प्रदान गरिरहेको छ, जसले उनीहरूलाई सरकारी सहायताबाट लाभान्वित बनाउनका साथै उनीहरूलाई राष्ट्र निर्माणको एउटा महत्त्वपूर्ण र अभिन्न अङ्ग बन्न सहयोग गर्नेछ।

‘हाम्रो सरकारले व्यापक स्तरमा सुधार शुरू गर्नलाई ठूलो रूपमा काम शुरू गरेको छ, जसले श्रमिकहरूका अधिकारको सुरक्षा सँगसँगै व्यापारलाई सुगम बनाउने कुरालाई सुनिश्चित गर्दछ’, उनले थप भनेका छन्, ‘न्युनतम मजदुरीको सार्वभौमिकरण (युनिभर्सलाइजेशन) र कर्मचारीहरूको राज्य बीमा (ईएसआईसी)-को विस्तार देशका सबै जिल्लामा गरिनेछ, जुन हाम्रो सरकारद्वारा उठाइएको एउटा महत्त्वपूर्ण कदम हो, जसले सबै देशवासीलाई लाभान्वित गर्नेछ।’

यसका साथै प्रधानमन्त्री नरेन्द्र मोदी र वित्तमन्त्री निर्मला सितारमणले समाजका मुख्यवर्ग जस्तै मजदुर, कृषक विपन्न अवस्थामा बसोबास गर्ने शहर अनि ग्रामीण क्षेत्रका मानिसहरू, वेतनभोगी अनि मध्यमवर्ग आदिलाई सहायताका लागि व्यापक राहत प्याकेजको घोषणा गरेको भन्दै उनीहरू दुवैप्रति दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका मानिसहरूको पक्षमा सांसद राजु बिष्टले आभार प्रकट गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here