हाइवेमा फेरि वाहन दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

0
1108

कालेबुङ, १६ मईः राष्ट्रिय राजमार्ग १० मा फेरि वाहन दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

पुलिसले दिएको जानकारीका अनुसार सिलगढ़ीबाट सिक्किमतर्फबाट गइरहेको एसके ०१ डी २२९५ नम्बरको मालवाहक ट्रक २९ माइलनजिक दुर्घटनामा पर्दा मल्ली सिक्किमनिवासी विशाल दर्जीको घटनास्थलमै मृत्यु भएको छ।

वाहन सोझै मूल सड़कबाट टिस्टा नदीमा खसेको थियो। चालक विशाल दर्जीको शवलाई पुलिसले टिस्टा रङ्गीत रेस्क्यु सेन्टरको टिमको सहयोगमा टिस्टा नदीबाट बरामद गरेको छ।

जानकारीका अनुसार उक्त वाहन आज बिहानै सिलगढ़ीबाट सिमेन्ट लोड गरी कुम्रेक सिक्किमतर्फ गइरहेको थियो। तर २९ माइलनजिक आइपुगेपछि नियन्त्रण गुमाएर सोझै टिस्टा नदीमा खसेको थियो।

पुलिसले दिएको जानकारी अनुसार उक्त वाहन सिलिगुडीबाट आज बिहान सिमेन्ट लोड लिएर सिक्किमको कुमरेक गइरहेको थियो।

उल्लेखनी छ, पछिल्लो ५ मईका अपराह्न टिस्टा पुरानो पुलनजिक पनि सिक्किमबाट सिलगढ़ी फर्किरहेको मालकवाहक ट्रक दुर्घटना हुँदा रम्बीनिवासी चालक दीपेश छेत्रीको घटनास्थलमै मृत्यु भएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here