विपदको बेलामा पनि घर मालिकहरूले विद्यार्थीहरूलाई पूरा घर भाड़ा मागिरहेको आरोप

0
1047
छात्र संसद सदस्या दीपिका मुखिया (फाइल फोटो)।

दार्जीलिङ, 19 मईः दार्जीलिङ सरकारी महाविद्यालयको छात्र संसदले दार्जीलिङ पहाड़का विद्यार्थीहरू भाड़ामा बसेका घर मालिकहरूले यस्तो कोरोना विपदको समयमा पनि सय प्रतिशत घर भाड़ा नै मागिरहेको आरोप लगाएको छ।

लकडाउनका कारण हाल विद्यार्थीहरू आ-आफ्नो घर गएका छन्। अनि ती भाड़ाका घरहरूमा उनीहरूका लुगाफाटा तथा अन्य सामानहरू मात्रै राखिएका छन्।

तरै पनि धेरैवटा घरका मालिकले विद्यार्थीहरूलाई घरको भाड़ा मागिरहेको छात्र संसदकी सदस्या दीपिका मुखियाले बताएकी छन्।

उनले भनिन्, “कोरोना सङ्क्रमणको कारण हाल देशमा लकडाउन चलिरहेको छ। लकडाउनका कारण धेरै विद्यार्थीका अभिभावकहरूको आर्थिक अवस्था पनि डाँवाडोल बनिरहेको छ। यस्तो अवस्थामा पनि ती घर मालिकहरूले जबर्जस्ती विद्यार्थीहरूलाई घरको भाड़ा मागिरहेका छन्।’’

उनले थप बताएअनुसार दार्जीलिङ शहर वरिपरि अवस्थित स्कूल-कलेजहरूमा अध्ययनरत् विद्यार्थीहरू प्रायःजसो नै चियाबगान, बस्ती क्षेत्रका छन्, जो दार्जीलिङ शहर वरिपरि घर भाड़ामा लिएर बस्न बाध्य बनिरहेका छन्।

तर अहिलेको अवस्थामा पनि ती घर मालिकहरूले यी विद्यार्थीहरूलाई जबर्जस्ती घर भाड़ा तिर्ने निर्देश दिइरहेको दीपिकाको भनाइ छ।

यसका साथै उनले घर मालिकहरूले यस समय सबैको समस्या बुझिदिए उचित हुने बताउँदै विद्यार्थीहरूको घर भाड़ा माफी गरिदिनका लागि अपील गरेकी छन्।

यस विषय लिएर मुखियाले दार्जीलिङ जिल्ला प्रशासनले पनि उचित ध्यान दिनुपर्ने माग गरेकी छन्। ताकि लकडाउनका कारण सङ्कटमा रहेका विद्यार्थी अनि उनीहरूका अभिभावकहरूले यस समय राहतको सास फेर्न सकुन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here