सिलगढ़ीमा थप एकजना कोरोना सङ्क्रमित

0
1212

सिलगढ़ी, १९ मईः सिलगढ़ीमा थप एकजना कोरोना सङ्क्रमित रहेको पुष्टि भएका छन्।

जिल्ला स्वास्थ्य विभागका अनुसार हिजो कोरोना सङ्क्रमित पाइएका फल विक्रेताका १० वर्षीय छोरो  टेस्ट रिपोर्ट आज पोजिटिभ आएको हो।

उल्लेखनीय छ, हिजो सिलगढ़ी नगरनिगमका वार्ड नम्बर ६ स्थित डाँगीपाड़ा र वार्ड २७ को बाबुपाड़ानिवासी एक एक व्यक्ति कोरोना पोजिटिभ पाइएको थियो।

त्यसपछि कोरोना पोजिटिभ पाइएका वार्ड नम्बर ६-को डाँगीपाड़ास्थित गाँजागलीनिवासी ती फल विक्रेताका पत्नी तथा चार नानी गरी कुल पाँचजनालाई बतासी क्वारेन्टिन सेन्टर पठाइएको थियो भने उनीहरूको स्वाब (राल)-को नमूना जाँचका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पठाइएको थियो।

आज पाँचजनामध्ये १० वर्षीय बालकको रिपोर्ट पोजिटिभ आएको हो। रिपोर्ट पोजिटिभ आएपछि ती बालकलाई मतिगढ़ाको हिमाचल विहारस्थित कोभिड-१९ अस्पताल (डा. च्याङ सुपर स्पेशअलिटी अस्पताल)-मा भर्ना गरिएको छ।

स्मरणरहोस्, कोरोना सङ्क्रमित पाइएका ती फल विक्रेताले हिजो आफू ६ महिना सिलगढ़ीबाट बाहिर कतै नगएको दाबी गरेका थिए।

ठेलागाड़ीमा फल बिक्री गरी जीविका धान्ने ती व्यक्ति प्रतिदिन रेगुलेटेड मार्केट भने जानेगर्थे। नत्यसैले यसबारे जिल्ला प्रशासनले छानबिन शुरू गरेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here