विनाशको हवाई सर्वेक्षण, बङ्गाललाई १ हजार करोड़ दिने प्रधानमन्त्रीको घोषणा

0
983
फोटो स्रोतः एएनआई ट्विटर।

कोलकाता, २२ मईः प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बङ्गालमा अम्फान तूफानले गरेको विनाशको हवाई सर्वेक्षण गरे।

यसका साथै उनले केन्द्रको तर्फबाट बङ्गाललाई १ हजार करोड़ रुपियाँ सहयोग गर्ने घोषणा गरे।

‘‘बङ्गाल फेरि यो अपदाबाट माथि उठेर खड़ा हुनेछ’’ प्रधानमन्त्रीले थपे, ‘‘यो दुःखको घड़ीमा केन्द्र सरकारले पश्चिम बङ्गाल सरकारको साथमा छ।’’

उनले अहिले बङ्गाल कोरोना र अम्फानजस्ता दुई आपदाविरुद्ध एकैसाथ लड़िरहेको बताए।

प्रधानमन्त्री राहत कोषबाट अम्फान तूफानका कारण ज्यान गुमाउने मानिसहरूका परिवारलाई दुई लाख रुपियाँ तथा घाइतेहरूलाई ५० हजार रुपियाँ क्षतिपूर्ति राशि दिने घोषणा गरे।

बङ्गालमा अम्फानले ज्यानमालको ठूलो क्षतिमा पुऱ्याएको छ। अम्फानकै कारण ८० जनाले ज्यान गुमाएको बताइएको छ।

हिजो राज्यकी मुख्यमन्त्रीले यस चक्रवाती तूफानले राज्यमा पुऱ्याएको विनाशको स्थितिबारे बुझ्न बङ्गालको भ्रमणमा आइदिने प्रधानमन्त्री नरेन्द्र मोदीलाई अनुरोध गरेकी थिइन्।

ममताकै यसै अनुरोधलाई स्वीकार गर्दै प्रधानमन्त्री आज बिहान ११ बजे दमदम हवाईअड्डा आइपुगेका थिए। हवाईअड्डामा उनलाई राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी र राज्यपाल जगदीप धनखड़ले स्वागत जनाएका थिए।

यसअवसरमा प्रधानमन्त्रीसँग केन्द्रिय पर्यावरण राज्य मन्त्री बाबुल सुप्रियो, महिला एवं बाल विकास राज्य मन्त्री देवश्री चौधरी धमेन्द्र प्रधान र प्रताप सारङ्गी पनि थिए।

यसैबीच प्रधानमन्त्रीले तूफानका कारण भएको क्षयक्षतको ’डिटेल सर्वे’-का लागि केन्द्र सरकारले एक टिम पठाउने बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here