बाघडुग्रा उत्रेपछि बिष्टले भने-कोरोनालाई रोक्न बङ्गाल सरकार पूर्ण रूपले फेल

1
1513
राजु बिष्ट (फाइल फोटो)।

सिलगढ़ी, २८ मईः कोरोना भाइरसलाई बङ्गालमा रोक्नका लागि ममता ब्यानर्जीनेतृत्व राज्य सरकार पूर्ण रूपले फेल भएको सांसद राजु बिष्टले आरोप लगाएका छन्।

लकडाउनका कारण लामो समयपछि आज दिल्लीबाट आफ्नो संसदीय क्षेत्रमा फर्किएका बिष्टले बाघडुग्रा उत्रेलगत्तै कोरोना, अम्फान र श्रमिक स्पेशल ट्रेनलाई लिएर बङ्गाल सरकारको आलोचना गरेका हुन्।

उनको दाबीका अनुसार आज पश्चिम बङ्गालमा कोरोना भाइरसबाट हुने मृत्यु दर सर्वाधिक छ।

बिष्टले बङ्गालमा सामाजिक दूरी र लकडाउनको पालन नगरिएको पनि बताए।

“कोरोनालाई रोक्न बङ्गाल सरकार पूर्ण रूपले फेल भएको छ। बङ्गाल उत्तरपूर्वी राज्यहरूसँग संलग्न राज्य हो’’, उनले थपे सम्पूर्ण उत्तरपूर्वी राज्य सुरक्षित छन्। हामी पनि धेरै हदसम्म सुरक्षित हुनसक्ने थियौं। तर सरकारको लापरवाहीका कारण हामीले यो दिन देख्न परिरहेको छ।”

उनले थपे, “तृणमूल सरकारलाई केवल राजनीति गर्नु मात्र आउँछ। यहाँ जति पनि कमीकमजोरी छ, ती सबै उदाङ्गो भइसकेका छन्। आज उत्तर बङ्गालमा एउटै सरकारी अस्पताल छैन, जहाँ कोभिड-१९ को उपचार गर्न सकियोस्।”

अर्कोतिर सांसद बिष्टले अम्फान र श्रमिक स्पेशल ट्रेनलाई लिएर पनि ममता सरकारको तीखो शब्दमा आलोचना गरेका छन्।

अम्फानबाट बच्न अगावै कुनै प्रभावी कार्य नगरेको तथा केन्द्रको खप्कीपछि एकाध श्रमिक स्पेशल ट्रेन बङ्गालमा चलेको उनको दावी छ।

कोरोनाजस्तै श्रमिक स्पेशल ट्रेनमार्फत् बङ्गालका श्रमिक, विद्यार्थी र उपचारका लागि बाहिर गएका राज्यवासीलाई बङ्गाल ल्याउन तथा अम्फानका बच्न सुरक्षा उपाय गर्न ममता सरकार फेल भएको सांसद राजु बिष्टको आरोप छ।

यसैगरी आज बाघडुग्रा हवाईअड्डा उत्रेका उनले आफू सरकारी दिशानिर्देशअनुसार होम क्वारेण्टाइन बस्ने बताएका छन्।

सांसदका अनुसार आफ्नो संसदीय क्षेत्रमा बसाइको क्रममा उनी केही दिन सिलगढ़ी तथा केही दिन दार्जीलिङ र कालेबुङमा रहनेछन्।

1 टिप्पणी

  1. दार्जीलिंग छेत्र मे 5% लोग को एक आच्छा कोरेटेन सेंटर दे नही सका गाऊ समाज को हवाला कर दिया कौन रेड जोन से आया कौन ग्रीन जोन से आया कोई पता नही है।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here