सोनादा र खरसाङका दुई-दुई गरी कुल चारजना कोरोना सङ्क्रमित

0
1919

खरसाङ, २९ मईः  अब कोरोना भाइरसको प्रकोप पहाड़ पनि चढ़ेको छ। उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल सूत्रका अनुसार खरसाङ क्षेत्रका चारजना कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ।

यी चारैजनाको कोरोना टेस्ट रिपोर्ट आज पोजिटिभ आएको हो।

यसैबीच दार्जीलिङ जिल्लापालका अनुसार कोरोना सङ्क्रमित पाइएकामध्ये दुईजना सोनादा क्षेत्रका तथा दुनईजना खरसाङ नगरपालिका क्षेत्रका हुन्।

जिल्लापालका अनुसार कोरोना पोजिटिभ पाइएकाहरूलाई चिह्नित गर्ने कोशिश गरिँदैछ।

सम्भवतः उनीहरूलाई आजै मतिगढ़ाको हिमाचल विहारस्थित कोभिड अस्पताल डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालमा उपचारार्थ लगिनेछ।

केही दिनअघि उनीहरूको स्वाबको नमूना सङ्ग्रह गरी उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको भाइरस रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल)-मा पठाइएको थियो।

अर्कोतिर दार्जीलिङ जिल्लाका सीएमओएच डा. प्रलय  आचार्यले पनि चार पोजिटिभ पाइएको खबरलाई पुष्टि गरेका छन्।

उल्लेखनीय छ, अहिलेसम्म दार्जीलिङ र खरसाङ क्षेत्रमा कोरोना सङ्क्रमण देखिएको थिएन। तर, यी चारजना कोरोना पोजिटिभ रहेको खबरले आतङ्कको माहोल सिर्जना भएको छ।

यसैबीच पोजिटिभ पाइएकाहरूसँग को को सम्पर्कमा आएका थिए भन्ने कुराको जानकारी बटुल्न प्रशासन जुटेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here