गुवाहाटी, २ जूनः कोरोना महामारीबीचै असमका धेरै क्षेत्रमा पैह्रो गएको खबर प्रकाशमा आएको छ।
यस पैह्रोका घटनामा कम्तीमा २० जनाको मृत्यु भएको बताइँदैछ, जबकि धेरै मानिस घाइते भएका छन्।
न्युज एजेन्सी पीटीआईका अनुसार दक्षिण असमका करिमगञ्ज, सिल्चर र हिलाकाण्डीमा पैह्रो गएका छ। मर्नेहरूमा ८ जना बालक-बालिका छन्।
पैह्रोमा पुरिएका शवहरूलाई निकाल्ने जारी छ। घाइतेहरूलाई उद्धार गर्न तथा अस्पतालसम्म पुऱ्याउनका लागि एनडीआरएफका जवानहरू खटिएका छन्।
एएनआईका अनुसार लखीपुर क्षेत्रमा पैह्रोले पुरिएर ७ जनाको मृत्यु भएको छ। त्यसैगरी करिमगञ्ज जिल्लामा पैह्रोका कारण ६ जनाको मृत्यु भएको छ।
अर्कोतिर हिलाकाण्डीमा पैह्रोले पुरिएर ७ जनाको मृत्यु भएको एएनआईले बताएको छ।
विस्तृत समाचारको प्रतीक्षा साँच्नुहोला