डा. च्याङ अस्पतालका सुपरसहित तीनजना मेडिकल स्टाफ पनि कोरोना सङ्क्रमित

0
1248

सिलगढ़ी, २ जूनः कोभिड अस्पतालको रूपमा रूपान्तर गरिएको मतिगढ़ाको हिमाचल विहारस्थित डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालका सुपरसहित तीनजना कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ।

जानकारीका अनुसार दुई दिनअघि यस अस्पतालका सुपरको स्वाबको नमूना सङ्ग्रह गरी जाँचका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको भाइरल रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल)-मा पठाइएको थियो भने आज उनको टेस्ट रिपोर्ट पोजिटिभ आएको हो।

उनीलगायत यस अस्पतालका अन्य तीनजना मेडिकल स्टाफका शरीरमा कोरोना सङ्क्रमण देखिएको छ।

आज उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालका चार चिकित्सक र डा. च्याङ सुपर स्पेशअलिटी अस्पतालका सुपरसहित तीन मेडिकल मेडिकल स्टाफमा कोरोना सङ्क्रमित पाइएपछि चिकित्सक समूहमा आतङ्क सृष्टि भएको छ।

उल्लेखनीय छ, यसभन्दा अघि आजै उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालका चारजना चिकित्सक पनि कोरोना सङ्क्रमित रहेको पुष्टि भएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here