सिलगढ़ी, ३ जूनः पछिल्लो २८ मईका दिन दिल्लीबाट सिलगढी आएका सांसद राजु बिष्टले आज नियमअनुसार उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पुगेर स्वास्थ्य जाँच र स्क्रिनिङ गराएका छन्।
कोरोना भाइरसलाई जारी स्वास्थ्यसम्बन्धी दिशानिर्देश र प्रोटोकललाई मान्दै आज आफू स्क्रिनिङ गर्न यस अस्पतालमा पुगेको बिष्टले बताएका छन्।
‘‘दिल्लीबाट फर्केपछि म कठोर होम क्वारेन्टिनमा छु’’, उनले थपे, “त्यसैले स्क्रिनिङ गर्नु आवश्यक थियो।”
स्क्रिनिङपछि सांसद बिष्टले पत्रकारहरूसँग कुराकानी पनि गरेका थिए।
यसअवसरमा उनले राज्य सरकारले ढिलै गरी भए तापनि प्रवासी श्रमिकहरूलाई लिएर गरिरहेको कार्यलाई प्रशंसा गर्ने बताएका छन्।
अर्कोतिर बिष्टले उत्तर बङ्गालका सबै जिल्लामा कोरोना परीक्षणका लागि प्रयोगशाला र उपचारका लागि अस्पताल हुनुपर्ने बताएका छन्।
सांसदका अनुसार यसका लागि उनले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी र स्वास्थ्य मन्त्री डा. हर्षबर्धनलाई पत्राचार पनि गरेको बताए।
आज उत्तर बङ्गालका प्रत्येक सुविधा नभएकै कारण उत्तर बङ्गालका सबै जिल्लाको टेस्ट उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमाथिचाप सृष्टि भइरहेको पनि बताए।
यसैबीच उनले जिल्लामा रहेका क्वारेन्टिन सेन्टरहरूमा समुचित व्यवस्था हुनुपर्ने कुरामाथि पनि जोड़ दिए।