सिक्किममा थप एकजना कोरोना सङ्क्रमित

0
1223
प्रतीकात्मक तस्वीर।

गान्तोक, ४ जूनः सिक्किमका थप एकजना कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ। यसका साथै राज्यमा कोरोना सङ्क्रमित कुल सङ्ख्या ३ पुगेको छ।

जानकारीका अनुसार कोरोना सङ्क्रमित पाइएका व्यक्ति महाराष्ट्रबाट राज्य फर्किरहेका थिए। उनले महाराष्ट्रमै स्वाबको परीक्षण गराएका थिए, तर रिपोर्ट आउनअघि नै श्रमिक स्पेशल ट्रेनमा चढ़ेर महाराष्ट्रबाट आज न्यु जलपाइगढ़ीसम्म आएका थिए।

सिक्किममा कोरोना भाइरसको तेस्रो मामिलालाई राज्यको स्वास्थ्य विभागका सचिव पेम्बा छिरिङ भोटियाले पनि पुष्टि गरेको छ। बाटोमा आउँदै गर्दा ती व्यक्तिको कोरोना पोजिटिभ पाइएको महाराष्ट्र सरकारले सूचित गरेपछि तत्कालै उनलाई उपचारका लागि एसटीएनएम अस्पतालमा लगिएको छ।

अर्कोतिर, एनजेपीबाट ती व्यक्तिसँगै एसएनटीको बसमा सवार भई सिक्किम आइरहेका चालकसहित १३ जनालाई क्वारेण्टाइनमा राखिने तथा उनीहरूको पनि स्वाबको टेस्ट गरिने बताइएको छ।

उल्लेखनीय छ, यसभन्दा अघि दिल्लीबाट फर्केका दक्षिण सिक्किमनिवासी युवक र दिल्लीबाटै फर्केका पूर्व सिक्किमनिवासी व्यक्ति पनि कोरोना सङ्क्रमित रहेको पुष्टि भएको थियो। अहिले दुवैजनाको उपचार एसटीएनएममा चलिरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here