सिलगढ़ीमा कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु!

0
1098

सिलगढ़ी, ५ जूनः  स्थानीय कावाखालीस्थित सिभियर एक्युट रेस्पिरेटरी इलनेस (सारी) अस्पतालको रूपमा रूपान्तर गरिएको दिसन अस्पतालमा आज बिहान मृत्यु भएका व्यक्ति कोरोना सङ्क्रमित रहेको बताइएको छ।

रिपोर्ट आउनअघि नै ती व्यक्तिको आज बिहान उपचाररत् अवस्थामा मृत्यु भएको थियो।

आजै बिहान ती व्यक्तिको स्वाब टेस्ट पोजिटिभ आएको बताइएको छ। यद्यपि ती व्यक्तिको मृत्यु कोरोना भाइरसकै कारण भएको हो भन्ने कुरालाई जिल्ला प्रशासनले पुष्टि गरेको छैन।

जानकारीका अनुसार सिलगढ़ी नगरनिगमको वार्ड नम्बर ४५ स्थित बाघजतिन कलोनीनिवासी करिब ६० वर्षका  व्यक्तिलाई शुरूमा प्रधान नगरस्थित एक नर्सिङ होममा लगिएको थियो।

बङ्ग्ला दैनिक उत्तरबङ्ग संवादका अनुसार कोरोना भाइरसको लक्षण देखिएपछि त्यस अस्पतालबाट उनलाई कावाखालीस्थित दिसन अस्पतालमा पठाइएको थियो। आज बिहान करिब १० बजे उनको मृत्यु भएको हो।

अर्कोतिर आज प्रशासनले ती मृतक व्यक्तिको घर र क्षेत्रमा सेनिटाइज गरेको  छ।

उल्लेखनीय छ, पछिल्लो १७ अप्रेलदेखि सिभियर एक्युट रेस्पिरेटरी इलनेस (सारी) अस्पतालको रूपमा रूपान्तर गरिएको दिसन अस्पतालमा अहिलेसम्म उपचाररत् अवस्थामा करिब २० जनाको मृत्यु भएको थियो।

यसभन्दा अघि मृत्यु भएका सबैको कोरोना टेस्ट नेगिटिभ आएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here