दार्जीलिङ जिल्लामा कुल सङ्क्रमित सङ्ख्या ८९, कालेबुङ जिल्लामा १८

0
1168

दार्जीलिङ, ७ जूनः केही दिनयता दार्जीलिङ जिल्लामा कोरोना भाइरसका मामिला लगाता बढ़िरहेको छ।

राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा आज जारी हेल्थ बुलेटिनका अनुसार दार्जीलिङ जिल्लामा आज कोरोना भाइरसका थप ६ मामिला थपिएपछि जिल्लामा कुल सङ्क्रमित सङ्ख्या ८९ पुगेको छ, जसमध्ये १९ जना स्वस्थ भई आ-आफ्नो घर फर्किसकेका छन्। त्यसैगरी दार्जीलिङ जिल्लामा ६७ एक्टिभ केस रहेको छ भने तीनजनाको मृत्यु भइसकेको छ।

दार्जीलिङ जिल्लाका यी कुल सङ्क्रमित सङ्ख्यामध्ये धेरै समतल क्षेत्रका छन्। अहिलेसम्म जिल्लाको पहाड़ी क्षेत्रमा खरसाङमा ७, सोनादा क्षेत्रमा ७ र दार्जीलिङ क्षेत्रमा ५ मामिला प्रकाशमा आएको छ।

अर्कोतिर बुलेटिनका अनुसार कालेबुङ जिल्लामा कोरोना सङ्क्रमित कुल सङ्ख्या १८ पुगेको छ। आज एकैदिनमा कालेबुङ जिल्लामा सात नयाँ मामिला थपिएको छ।

राज्यको हेल्थ बुलेटिनका अनुसार कालेबुङ जिल्लामा कुल एक्टिभ केस ११ रहेको छ। बुलेटिनका अनुसार आज एकैदिनमा जलपाइगढ़ी जिल्लामा २५ नयाँ मामिला थपिएपछि यस जिल्लामा कोरोना सङ्क्रमित कुल सङ्ख्या बढ़ेर ५४ पुगेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here