गान्तोक, ९ जूनः सिक्किममा थप ६ जना कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ।
राज्यका स्वास्थ्य सचिव डा. पेम्पा छिरिङ भोटियाले जानकारी गराएअनुसार कोरोना सङ्क्रमित पाइएकामध्ये ४ जना पश्चिम सिक्किमका, एकजना दक्षिण सिक्किमका र एकजना पूर्व सिक्किमका हुन्।
उनीहरू सबै फेसिलिटी क्वारेन्टिन सेन्टरमा थिए। जानकारीका अनुसार पश्चिम सिक्किममा चारजना क्योङ्सास्थित क्वारेन्टिन सेन्टरमा, दक्षिण सिक्किमका एकजना सीसीसीटी चिसोपानीमा रहेको क्वारेन्टिन र पश्चिम सिक्किममा हिमालयन फार्मेसी इन्स्टिट्युटको गर्ल्स होस्टलमा रहेको क्वारेन्टिन सेन्टरमा थिए।
कोरोना सङ्क्रमित रहेको पुष्टि बएपछि उनीहरू सबैलाई एसटीएनएम अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको छ।
यससँगै सिक्किममा कुल सङ्क्रमित सङ्ख्या १३ पुगेको छ भने एक्टि केस १० रहेको छ।
हिजै मात्र कोरोना सङ्क्रमित भई एसटीएनएममा उपचाररत् रहेका तीनजनाको टेस्ट नेगिटिभ आएको थियो, जुन राज्यका लागि ठूलो राहतको खबर हो।