दार्जीलिङ जिल्लामा कुल सङ्क्रमित सङ्ख्या ११८, कालेबुङ जिल्लामा २२

0
1173

दार्जीलिङ, ९ जूनः दार्जीलिङ जिल्लामा केही दिनयता कोरोना सङ्क्रमण बढ़ेको छ। विशेषगरी जिल्लाको समतल क्षेत्रमा कोरोना सङ्क्रमण तीव्र गतिमा बढ़िरहेको छ।

राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा आज बेलुकी हेल्थ बुलेटिनका अनुसार दार्जीलिङ जिल्लामा कोरोना सङ्क्रमित कुल सङ्ख्या ११८ पुगेको छ, जसमध्ये ४० जना स्वस्थ भई आ-आफ्नो घर फर्केका छन्।

पछिल्लो २४ घण्टामा दार्जीलिङ जिल्ल्लामा १६ नयाँ मामिला थपिएको छ। यी १६ नयाँ मामिलामा पहाड़बाट पाँच मामिला रहेको छ।

यसैगरी गएको २४ घण्टामा ७ जना स्वस्थ भएर घर फर्केका छन्। अहिले दार्जीलिङ जिल्लामा एक्टिभ केस ७५ रहेको छ। कोरोना भाइरसका कारण जिल्लामा अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ।

यसैगरी कालेबुङ जिल्लामा कुल कोरोना सङ्क्रमित २२ पुगेको छ, जसमध्ये ७ जना स्वस्थ भई घर फर्केका छन् भने जिल्लामा एक्टिभ केस १४ रहेको छ।

पछिल्लो २४ घण्टामा कालेबुङ जिल्लामा ४ नयाँ मामिला थपिएको छ।

अर्कोतिर बुलेटिनका अनुसार जलपाइढ़ीमा कुल कोरोना सङ्क्रमित सङ्ख्या १०० र  अलिपुरद्वारमा कुल कोरोना सङ्क्रमित सङ्क्रमित ३८ रहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here