हाइवे क्षेत्रमा पनि एकजना कोरोना सङ्क्रमित

0
1113

कालेबुङ, १० जूनः  कालेबुङ जिल्लामा कोरोना सङ्क्रमण बढ़्दै गइरहेको छ। पछिल्ला २ जूनका दिनयता कालेबुङ जिल्लामा एकपछि अर्का गरी कोरोना सङ्क्रमणका मामिला प्रकाशमा आइरहेको छ।

यसैक्रममा राष्ट्रिय राजमार्ग १० अन्तर्गत रियाङमा कोरोना सङ्क्रमणको मामिला पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य सूत्रका अनुसार यसै महिलाको पहिलो तारिख दिल्लीबाट फर्केकी रियाङनिवासी एक २८ वर्षीय युवती कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ।

जानकारीका यी युवती आफ्ना श्रीमान् र दिदीसँग दिल्लीबाट फर्केकी थिइन्। २ जूनका दिन उनीहरूको स्वाबको नमूना सङ्ग्रह गरी जाँचका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको भाइरस रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल)-मा पठाइएको थियो भने हिजो अबेर राति उनको टेस्ट पोजिटिभ आएको हो।

उनको टेस्ट पोजिटिभ आए तापनि उनका श्रीमान् र दिदीको टेस्ट भने नेगिटिभ आएको बताइएको छ।

आज उनलाई उपचारका लागि सिलगढ़ीको मतिगढ़ास्थित कोभिड अस्पताल डा. च्याङ सुपर स्पेशअलिटी अस्पताल लगिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here