सिक्किम, १२ जूनः गान्तोक पुलिसले शुक्रवार एक अभियान चलाएर रे र लिङ्दुम रोडबाट व्यापक मात्रामा प्रतिबन्धित नशालु औषधि (ड्रग्स) जफत गर्नका साथै गुड्डु गुप्तालाई पक्राउ गरेको छ।
यस अभियानका लागि पुलिस टिमलाई एसएचओ विजेन्द्र थापा र पूर्व जिल्लाका एडीसी जामयाङ सी नामग्यालले नेतृत्व गरेका थिए।
पुलिसले १०४१ कप सिरप, २००० भन्दा अधिक स्पास्मो प्रोक्सिभन क्यापसुल, एकसयभन्दा बढ़ी एन १० जफत गरेको छ।
पुलिसका अनुसार आरोपी गुप्ताले यति व्यापक मात्रामा ड्रग्स एसके ०१ डी १५३८ नम्बरको ट्रकमा लिएर गइरहेका थिए।
जानकारीका अनुसार आरोपी गुड्डु गुप्तालाई पछिल्लो मार्च महिनामा पनि अवैध रूपमा कुखराको मासुको व्यापार गरेको आरोपमा पुलिसले पक्राउ गरेको थियो।
त्यसबेला यी आरोपीलाई पुलिसले एक अभियान चलाएर सिलगढ़ीबाट ल्याएको व्यापक मात्रामा ड्रेस्ड चिकनसहित पक्राउ गरेको थियो। त्यसबेला सिरवानीमा एक अभियान चलाएर एसके ०१ डी ३१६१ नम्बरको ट्रकलाई रोकेर व्यापक मात्रामा ड्रेस्ड चिकन जफत गर्नका साथै आरोपी गुड्डुलाई पक्राउ गरेको थियो