सिलगढ़ीमा कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीको मृत्यु

0
1065

सिलगढ़ी, १३ जूनः सिलगढ़ीमा कोरोना सङ्क्रमित एकजना स्वास्थ्यकर्मीको मृत्यु भएको छ।

बङ्ग्ला दैनिक उत्तरबङ्ग संवादको अनलाइन संस्कारणका अनुसार ती मृतक स्वास्थ्यकर्मीको नाम विष्णु चट्टोपाध्याय (५६) हो। उनी फाँसीदेवा खण्ड प्राथमिक स्वास्थ्य केन्द्रको आँखा विभागमा कार्यरत थिए।

केही दिनअघि शारीरिक समस्या देखिएपछि उनलाई शहरका एक नर्सिङ होममा भर्ना गरिएको थियो। त्यसपछि उनलाई तत्कालै कावाखालीस्थित दिसन अस्पतालमा रेफर गरिएको थियो।

त्यसबेला उनको स्वाबको टेस्ट नेगिटिभ आएपछि दिसन अस्पतालबाट छुट्टी दिइएको थियो। तर घरमा गएपछि उनी फेरि अस्वस्थ भए।

त्यसपछि उनी फेरि प्रधाननगरस्थित एक नर्सिङ होममा भर्ना भएका थिए। उनको अस्तिका दिन पुनः स्वाबको नमूना सङ्ग्रह गरी जाँचका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालस्थित भाइरस रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल) -मा पठाइएको थियो भने हिजो बेलुकी उनको टेस्ट रिपोर्ट पोजिटिभ आयो।

यी स्वास्थ्यकर्मीको शरीरमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि आज बिहानै त्यस नर्सिङ होमबाट कावखालीस्थित कोभिड अस्पताल दिसनमा सारिएको थियो। यद्यपि आज राति उनको मृत्यु भयो।

यो घटनाले स्वास्थ्यकर्मीहरूमा एक प्रकारको आतङ्क सिर्जना भएको छ। यसका साथै दार्जीलिङ जिल्लामा कोरोना भाइरसका कारण पहिलोपटक कुनै स्वास्थ्यकर्मीको मृत्यु भएको छ।

जानकारीका अनुसार यी स्वास्थ्यकर्मी सिलगढ़ीबाट बाहिर कतै गएका थिएनन्। त्यसैले पनि उनी कसरी कोरोमा सङ्क्रमित भए भन्ने प्रश्न उठेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here