दार्जीलिङमा दुईसहित जिल्लामा कुल चारजना कोरोना सङ्क्रमित

0
1129

दार्जीलिङ, १३ जूनः आज दार्जीलिङ नगरपालिका क्षेत्रका दुईजनाको शरीरमा कोरोना सङ्क्रमण रहेको पुष्टि भएको छ। कोरोना सङ्क्रमित रहेका दुवैजना दार्जीलिङ शहरी क्षेत्रको रहेको बताइए तापनि उनीहरूको निश्चित ठेगाना र ट्राभल हिस्ट्रीबारे विस्तृत जानकारी पाउन सकिएको छैन।

अर्कोतिर आजै सिलगढ़ी नगरनिगमका ४५ र २६ नम्बर वार्डका एक-एक गरी दुईजना कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ।

कोरोना सङ्क्रमित पाइएका ४५ नम्बर वार्डनिवासी व्यक्ति बिहारको किशनगञ्जबाट फर्केको बताइएको छ।

त्यहीं ४६ नम्बर वार्डनिवासी व्यक्तिको कुनै ट्राभल हिस्ट्री नरहेको बताइएको छ।

यसैबीच, राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागद्वारा जारी हेल्थ बुलेटिनका अनुसार दार्जीलिङ जिल्लामा आज कुल ४ नयाँ मामिला थपिएको छ।

यससँगै जिल्लामा कोरोना सङ्क्रमित कुल सङ्ख्या १८८ पुगेको छ, जसमध्ये ६८ जना स्वस्थ भई आ-आफ्नो घर फर्किसकेका छन् भने ११७ जना अहिले पनि उपचाररत् छन्।

त्यसैगरी राज्यको हेल्थ बुलेटिनका अनुसार कालेबुङ जिल्लामा आज एकजना कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ, जसका कारण जिल्लामा कुल सङ्क्रमित सङ्ख्या ४० पुगेको छ।

यी कुल सङ्क्रमितमध्ये १५ जना स्वस्थ भई घर फर्किसकेका छन्। त्यहीं कालेबुङ जिल्लामा अहिले एक्टिभ केस २४ रहेको छ।

यसैगरी राज्यको स्वास्थ्य एवं परिवार विभागद्वारा जारी बुलेटिनका अनुसार अलिपुरद्वार जिल्लामा ३,  कोचबिहारमा १२ र जलपाइगढ़ीमा २५ नयाँ मामिला थपिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here