सिलगढ़ीमा एकैदिन रेकर्ड २० जना कोरोना सङ्क्रमित, शहरमा कोरोना कहर बढ़्दै

0
1293

सिलगढ़ी, १५ जूनः सिलगढ़ीमा आज अपराह्न ३ बजेसम्म कोरोना भाइरसका रेकर्ड २० नयाँ मामिला प्रकाशमा आएको छ।

बङ्ग्ला दैनिक उत्तरबङ्ग संवादको अनलाइन डेक्सका अनुसार कोरोना सङ्क्रमित पाइएकाहरूमध्ये टिकियापाड़ाका पाँचजना, दार्जीलिङ मोड क्षेत्र (राजीव नगर)-का दुईजना, बाग्राकोट लिच्चीबगानका दुईजना, सुभाषपल्लीका एकजना, सेवक रोडका एकजना, नवग्रामका एकजना, घोघोमालीका एकजना, चयनपाड़ाका दुईजना, यादवपल्लीका एकजना, समन नगरका एकजना, श्रवण नगरका एकजना, महाराज कलोनीका एकजना र भूपेन्द्र नगरका एकजना सामेल छन्।

सङ्क्रमित सबैलाई उपचारका लागि कोभिड अस्पताल लैजाने तर्खर गरिरहेको बताइएको छ।

एकैदिन रेकर्ड पोजिटिभ केस पाइएपछि प्रशासन चिन्तित बनेको छ, किनभने पछिल्ला केही दिनयता सिलगढ़ीमा लगातार कोरोना सङ्क्रमणको मामिला बढ़्दै गइरहेको छ।

उल्लेखनीय छ, सिलगढ़ी तथा संलग्न क्षेत्रमा पछिल्लो १० जूनका दिन १८ जना ११ जूनका दिन, ७ जना १२ जूनका दिन ७ जना, १३ जूनका दिन २ जना र १४ जूनका दिन १४ जना कोरोना सङ्क्रमित पाइएको थियो। हिजो कोरोना सङ्क्रमित पाइएकामध्ये प्रधाननगरस्थित एक नर्सिङ होमका पाँचजना नर्स थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here