सुशान्तका अन्तिम चार फोन कल्स

0
2053

मुम्बई, १६ जूनः बलिउडका उदीयमान अभिनेता, सङ्घर्ष र प्रतिभाले छुट्टै स्पेस कापिसकेका ‘पवित्र रिश्ता’ -का ‘मानव’ सुशान्त सिंह राजपुतको आत्महत्यापछि थुप्रै मानिसको मनमा धेरै प्रकारका प्रश्न उठिरहेका छन्।

जस्तै सङ्घर्ष र समस्यामा पनि सधैँ हाँसिरहने यी ३४ वर्षे अभिनेताले यति छिट्टै आफ्नो जीवनलाई समाप्त गर्नुपर्ने त्यस्तो के कारण थियो भन्ने प्रश्नले अहिलेघरी चिमोटिरहेको छ। र चिमोटिरहनेछ धेरै पछिसम्म।

यसैबीच मुम्बई पुलिसको प्रारम्भिक जाँचका अनुसार सुशान्तले आफ्नो जीवनका अन्तिम केही घण्टामा चार फोन कल गरेका थिए।

पुलिसका अनुसार १३ जूनको मध्यराति करिब १:४७ बजी उनले आफ्ना नजीकका साथी रिया चक्रवर्तीलाई फोन गरेका थिए, तर कुनै कारणवश रियाले उनको फोन रिसिभ गरिनन्।

केही पछि सुशान्तले फेरि आफ्ना अर्का नजीकका साथी अभिनेता महेश शेट्टीलाई फोन गरे, महेशले पनि सुशान्तको फोन रिसिभ गरेनन्।

त्यसपछि सुशान्त त्यस रात सुते/सुतेनन्, कसैलाई थाहा छैन। महेश शेट्टीले बिहान सुशान्तको मिस्ड कल देखेपछि बिहान करीब ८:३० बजे कल ब्याक गरे। तर यसपटक भने सुशान्तले फोन रिसिभ गरेनन्। शायद त्यसबेला सुशान्त सुतेको हुनसक्थे।

पुलिसमार्फत् महेश शेट्टीले थाहा पाएअनुसार कल रेकर्डका अनुसार करिब एक घण्टापछि अर्थात्  ९:३० बजी सुशान्तले पुनः उनलाई फोन गरेका थिए, तर फोन कनेक्ट भएन। त्यसपछि महेशले १२ बजी पुनः कलब्याक गरे, तर त्यसबेला पनि सुशान्तले फोन रिसिभ गरेनन्, किनभने त्यसबेलासम्म सुशान्तको मृत्यु भइसकेको थियो।

सूत्रमार्फत् थाहा पाएअनुसार मृत्युभन्दा करिब दुइ घण्टाअघि पटनामा रहेका आफ्ना पितासँग फोनमा कुराकानी गरेका थिए। त्यसबेला सुशान्तले यति ठूलो कदम उठाउनेछजस्तो उनलाई लागेन।

अर्कोतिर उनका नजीकका साथीहरूले मुम्बई पुलिसलाई बताएअनुसार सुशान्तले यसै वर्षको नोभेम्बर महिनामा विवाह गर्ने सोच बनाएका थिए।

‘काई पो चे’, ‘देशी रोमांस’, ‘एम एस धोनी’, ‘राब्ता’ र ‘छिछोरे’ जस्ता फिल्ममा सफल अभिनय गरिसकेका सुशान्त सिंह राजपुतको फिल्म ‘दिल बेचारा’ चाँड़ै अनलाइन प्लेटफर्ममा रिलीज हुने कार्यक्रम थियो।

स्रोतः प्रभात खबर।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here