गलवानमा जे भयो, त्यसका लागि चीन जिम्मेवारः भारत

0
1475
विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तव (फोटोः एएनआई ट्विटर)।

नयाँ दिल्ली, १८ जूनः चीनको दावीलाई सोझै खारेज गर्दै भारतले पुनः गलवान घटनाका लागि चीनलाई जिम्मेवार ठहऱ्याएको छ।

आज (बिहीबार) विदेश मन्त्रालयले पत्रकार सम्मेलन आयोजन गरी गलवान उपत्यकामा सोमबार राति भएको झड़पका लागि चीनलाई जिम्मेवार ठहऱ्याएको हो।

विदेश मन्त्रालयका अनुसार पूर्वी लद्दाखमा तनाउ कम गर्नका लागि दुवै पक्षबीच डिप्लोम्याटिक र मिलिटरी च्यानलमार्फत् कुराकानी जारी छ।

विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने, “६ जूनका दिन सैन्य कमान्डरबीच कुराकानी भएको थियो। यस बैठकमा जुन सहमति बनेको थियो, त्यसलाई चीनले पालन गर्नपर्नेछ।”

उनले थपे, “गलवानमा  १५ जूनको राति जे भयो, त्यसका लागि जिम्मेवार चीन छ। यदि उसले हाई लेभलमा बनिएको सहमतिलाई ध्यानमा राखेको भए यस्तो नोक्सान हुनेथिएन।”

अर्कोतिर प्रवक्ता श्रीवास्तवले आउँदो २३ जूनका दिन भारत रूस र चीनबीचको बैठकमा विदेश मन्त्री एस. जयशङ्कर सामेल हुने पनि स्पष्ट पारे।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो दिएको बयानलाई दोहोऱ्याउँदै थपे, “प्रधानमन्त्रीले बुधबार भनेका थिए, हामी शान्तिपूर्वक मामिलालाई समाधान गर्नचाहन्छौं। तर हामी भारतको सम्प्रुभताको रक्षाका लागि प्रतिबद्ध छौं। हामीलाई आशा छ, चीनले आफ्नो सीमामै गतिविधि गर्नेछ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here