कोरोना कहरमा सिलगढ़ीमा चोरहरूको बिगबिगी

0
1058

सिलगढ़ी, २३ जूनः सिलगढ़ीमा कोरोना भाइरसको बढ़्दो सङ्क्रमणबीच चोरहरूको रगरगी पनि बढ़ेको छ।

यसैबीच शहरको शक्तिगढ़ क्षेत्रमा चोरहरूले एटीएम भत्काएर पैसा लैजाने कोशिश गरेको घटना प्रकाशमा आएको छ।

स्थानीय मानिसहरूमार्फत् आज बिहानै सूचना पाएको सिलगढ़ी मेट्रोपोलिटिन पुलिस घटनास्थलमा पुगेर छानबिन शुरू गरेको छ।

आज बिहानै एटीएम मशिन बाहिर लड़िरहेको अवस्थामा देखेपछि स्थानीय मानिसहरूले घटनाबारे तत्कालै पुलिसलाई सूचित गरेका थिए

उल्लेखनीय छ, केही दिनअघि मात्र  शहरकै ३८ नम्बर वार्डमा पनि यस्तै प्रकारले एटीएम मशिन भत्काएर पैसा चोरी गर्न खोजिएको घटना आएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here