पतञ्जलिको कोरोनिल ट्याबलेट लञ्च, १४ दिनै कोरोनाबाट स्वस्थ हुने रामदेवको दाबी

0
1717
फोटो साभारः पतञ्जलि आयुर्वेद ट्विटर।

हरिद्वार, २३ जूनः योग गुरु रामदेवले आयुर्वेदिक औषधिबाट कोरोना भाइरस शतप्रतिशत निको हुने दावी गरेका छन्।

पतञ्जलिले कोरोना भाइरसका उपचारका लागि ‘कोरोनिल’ ट्याबलेट बजारमा ल्याएको छ, जुन ट्याबलेट आज लञ्च गरियो।

रामदेवका अनुसार कोरोनिल ट्याबलेटमा गुर्जो, तुलसी र अश्वगन्धा छ, जसले शरीरमा इम्युनिटी बढ़ाउने काम गर्छ।

उनको दावीका अनुसार यो औषधिले क्रोनिक बिमारीबाट पनि बचाउनेछ। यसलाई पतञ्जलि रिसर्च इन्स्टिट्युट र नेशनल इन्स्टिट्युट अव् मेडिकल साइन्स (निम्स) युनिभर्सिटी, जयपुरले मिलेर तयार गरेको हो।

योग गुरु रामदेवको दावीका अनुसार यस कोरोनिल ट्याबलेटको सेवनले कोरोना सङ्क्रमित मानिस १४ दिनमा स्वस्थ हुनेछन्।

उनले थप दाबी गरेअनुसार कोरोनिलको क्लिनिकल केस स्टडीमा २८० बिरामीलाई सामेल गरिएको थियो। त्यसपछि १०० भन्दा बढ़ीमा क्लिनिकल कण्ट्रोल्ड ट्रायल गरिएको थियो। ३ दिनभित्र ६९ प्रतिशत बिरामीको रिपोर्ट पोजिटिभबाट नेगिटिभ आयो। ७ दिनमा १०० प्रतिशत बिरामी स्वस्थ भए। यसअवधि मृत्यु दर शून्य (०) रह्यो।

यसैबीच आउँदो सोमबार ‘अर्डर मी ऐप’ लञ्च गरिनेछ, जसबाट देशभरिका मानिसहरूले घर बसी बसी कोरोनिल मगाउन सक्नेछन्।

यसका साथै आउँदो ७ दिनभित्र यो औषधि पतञ्जलिका सबै स्टोरबाट प्राप्त गर्नसकिनेछ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here