सिलगढ़ीमा कोरोना सङ्क्रमित दुईजनाको मृत्यु

0
1040

सिलगढ़ी, २४ जूनः हिजो अर्थात् मङ्गलबार राति सिलगढ़ीमा कोरोना सङ्क्रमित थप दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमध्ये एकजना सिलगढ़ी नगरनिगमको ४६ नम्बर वार्डनिवासी तथा अर्का २७ नम्बर वार्डनिवासी हुन्।

जानकारीका अनुसार शहरको ४६ नम्बर वार्डस्थित ज्योतिनगरनिवासी ६६ वर्षीय एक वृद्ध केही दिनदेखि बिरामी रहेका कारण उनलाई मतिगढ़ास्थित एक नर्सिङ होममा भर्ना गरिएको थियो।

त्यहाँको स्वाबको नमूना सङ्ग्रह गरी जाँचका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको भाइरस रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल)-मा पठाइएको थियो भने सोमबार राति उनको कोरोना टेस्ट रिपोर्ट पोजिटिभ आएको हो।

त्यसपछि उनलाई कावाखालीस्थित दिसन नर्सिङ होममा सारिएको थियो, जहाँ उपचाररत् अवस्था हिजो राति उनको मृत्यु भयो।

यसैगरी शहरको २७ नम्बर वार्डको कलेजपाड़ानिवासी ६४ वर्षीय वृद्धको उपचाररत् अवस्थामा हिजो साँझ हिमाचल विहारस्थित कोभिड अस्पतालमा मृत्यु भयो।

ज्वरो खोकी लागेपछि सिलगढ़ी जिल्ला अस्पतालमा जँचाउन गएका उनले डाक्टरहरूका परामर्शअनुसार स्वाबको टेस्ट गराएका थिए भने उनको कोरोना टेस्ट रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि पछिल्लो २० जूनका दिनदेखि उनी डा. च्याङ सुपर स्पेशिअलिटी अस्पतालमा उपचाररत् थिए। तर हिजो उनको पनि मृत्यु भयो।

अर्कोतिर हिजो सिलगढ़ी शहरमा थप ६ जना कोरोना सङ्क्रमित पाइएको छ।

समाचार स्रोतः उत्तर बङ्गाल संवाद

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here