सिलगढ़ी, २४ जूनः सिलगढ़ीमा कोरोना सङ्क्रमित थप एकजनाको मृत्यु भएको छ।
मृतकका नाम वन्दना राय (६०) हो। उनी साहुडाँगीको जामुरिभिटानिवासी रहेको बताइएको छ।
जानकारीका अनुसार ज्वरो खोकी आएपछि सोमवार यी महिला उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएकी थिइन्।
त्यसपछि उनको स्वाबको नमूना सङ्ग्रह गरी जाँचका लागि भीआरडीएल पठाइएको थियो। मङ्गलवार साँझ उनको कोरोना टेस्ट रिपोर्ट पोजिटिभ आएपछि तत्कालै कावाखालीस्थित कोभिड अस्पताल दिसनमा सारिएको थियो, जहाँ उपचाररत् अवस्थामा उनको आज बिहान मृत्यु भएको हो।
उल्लेखनीय छ, हिजो पनि सिलगढ़ीमा कोरोना सङ्क्रमित दुईजना वृद्धको मृत्यु भएको थियो।
-स्रोतः उत्तरबङ्ग संवाद