एसडीएफ नेतृत्व अघि एसकेएम-एचएसपी कमजोर रहेको गठबन्धनले प्रमाणित : के.टी ग्याल्छेन

0
1101
एसडीएफ प्रवक्ता केटी ग्याल्छेन (फाइल फोटो)।

गान्तोक,15 जनवरीः एसकेएम र एचएसपीको सम्भावित गठबन्धनलाई लिएर सत्तारूढ़ एसडीएफ पार्टीले प्रतिक्रिया व्यक्त गरेको छ।

एसडीएफका प्रवक्ता के.टी. ग्याल्छेनले जनसंवादसँग कुराकानी गर्दै भने,“एसकेएम र एचएसपीको गठबन्धनलाई लिएर एसडीएफलाई भन्नु केही छैन। यो उनीहरूको आन्तरिक विषय हो। तर गठबन्धन सिद्धान्त, विचार र कार्यक्रमअनुसार हुने गर्दछ। उनीहरूको साझा सिद्धान्त, विचार र कार्यक्रम के छ, त्यो सार्वजनिक भए जनताले गठबन्धनको औचित्य स्पष्ट बुझ्नेथिए।”

उनले अझ भने,“गठबन्धन गर्नु भनेको आफू कमजोर छु भनेर साबित गर्नु हो। आज एसकेएम र एचएसपीले आफू कमजोर भएको सिद्ध गरेका छन्। एसडीएफ पार्टीको नेतृत्व अघि उनीहरू कमजोर भएको गठबन्धनको सम्भावनाले प्रमाणित गरिदिएको छ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here