मिरिक, २४ जूनः मिरिक खण्डअन्तर्गत पर्ने पुटुङ क्षेत्रमा आज अपराह्न एक वाहन दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
पानीघट्टा आउटपोस्टका अधिकारी तपन कुमार दासका अनुसार पानीघट्टा चियाकमानबाट पुटुङतर्फ गइरहेको डब्ल्यूयूबी ७३ बी ०५६२ नम्बरको माज्दा क्यान्टर दुर्घटनामा पर्दा वाहनका चालक प्रणेश गुरुङ (३५)-को मृत्यु भएको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
मृतक पानीघट्टा चियाकमानको डाँड़ा लाइननिवासी हुन्।
अर्कोतिर यस दुर्घटनामा परी अन्य दुईजना घाइते बनेको छन्। घाइतेहरूलाई नक्सलबारी अस्पतालमा भर्ना गरिएको जानकारी प्राप्त भएको छ।