सिलगढ़ी, ५ जुलाईः सिलगढ़ीमा थप एकजना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ।
बङ्ग्ला दैनिक उत्तरबङ्ग संवादका अनुसार कावाखालीस्थित कोभिड अस्पताल दिसनमा उपचाररत् ७२ वर्षीय वृद्धाको आज (आइतबार) निधन भएको हो।
मृतक वृद्धा सिलगढ़ी नगरनिगमको ३५ नम्बर वार्डस्थितच रामनगर कलोनीनिवासी थिइन्।
शुरूमा उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा भर्ना गरिएको उनको कोरोना टेस्ट पोजिटिभ आएपछि हिजो (शनिबार) कावाखालीस्थित कोभिड अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचाररत् अवस्थामा उनको आज मृत्यु भएको हो।
उल्लेखनीय छ, पछिल्ला केही सातायता सिलगढ़ी नगरनिगम क्षेत्रमा कोरोना सङ्क्रमण अत्यधिक बढ़ेको छ। शनिबार पनि नगरनिगम क्षेत्रमा कोरोना भाइरसका २० नयाँ मामिला प्रकाशमा आएको थियो।