सिक्किम फर्किनेहरूलाई अब रम्फू चेकपोस्टबाट मात्र राज्य प्रवेश गराइने

0
986

गान्तोक, ६ जुलाईः राज्यबाहिर रहेका सिक्किमेली नागरिकहरूले अब मल्लीको  चेकपोस्टबाट राज्य प्रवेश गर्न पाउने छैनन्।

राज्यका दक्षिण-पश्चिम जिल्लानिवासी भए तापनि अब बाहिरबाट राज्य फर्किन चाहनेहरू रम्फू चेकपोस्टबाट मात्र सिक्किम प्रवेश गर्न सक्नेछन्।

राज्यस्तरीय टाक्स फोर्स कमिटीले लिएको निर्णयानुसार अबउसो कसैलाई पनि मल्ली चेकपोस्ट भएर सिक्किम प्रवेश गर्ने अनुमति छैन।

पूर्व जिल्लाका जिल्लापाल राज यादवद्वारा यस्तो सूचना दिइएको छ। आज अर्थात् ६ जुलाईका दिनदेखि ई-पर्मिटमार्फत् देशका अन्य राज्यहरूबाट सिक्किम फर्किन चाहनेहरू दक्षिण र पश्चिम जिल्लाकै भए तापनि सबैलाई रम्फू चेकपोस्टबाट गृह प्रवेश गराइनेछ।

राज्य प्रवेश गर्नेहरूको रम्फूमा स्क्रिनिङ गरिनेछ। साथै राज्य स्वास्थ्य विभागद्वारा तय दिशानिर्देश र नियमानुसार उनीहरूलाई पूर्व जिल्लाभित्रै स्थापित विभिन्न क्वारेन्टाइन सेन्टर राखिनेछ।

अर्कोतिर मल्ली चेकपोस्टमा स्थापित स्क्रिनिङलाई अब अन्य कामका लागि प्रयोग गरिने बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here