गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन

0
1239
मनोहर पार्रिकर (फाइल फोटो)।

पान्जी, 17 मार्चः गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन भएको छ। लामो समयदेखि क्यान्सरसँग जुझिरहेका पर्रिकरको आइतवार साँझ गोवास्थित निजी निवासमा निधन भएको हो।

उनी 63 वर्षका थिए। गत वर्षको फरवरी महिनामा उनलाई क्यान्सर रोग लागेको डाक्टरले पत्तो लगाएका थिए। पछिल्लो समय उनले गोवा, मुम्बई, दिल्ली र न्यूयोर्कमा उपचार गराउँदै आएका थिए। उनी नरेन्द्र मोदी सरकारमा रक्षा मन्त्री पनि रहिसकेका थिए।

पर्रिकरको निधनमा राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी नेता राहुल गान्धीलगयात देशका सबै नेताहरूले शोक प्रकट गरेका छन्। सिक्किमका मुख्यमन्त्री पवन चामलिङले पनि उनको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। 

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here