कालेबुङ, १८ मार्च : आइतबार ३५ नम्बर समष्टिका कार्यकर्ताहरूलाई लिएर विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) –ले पार्टी कार्यालयमा एक सभा आयोजन गऱ्यो।
सभा आगामी लोकसभा चुनाउलाई लिएर गरिएको थियो। प्राप्त जानकारीका अनुसार सभामा लोकसभा उम्मेद्वार अमरसिंह राईलाई विजयी बनाउन चुनाउ प्रचारका लागि युवा र नारी मोर्चाको कोअर्डिनेशन कमिटी गठन गरिएको छ।
३५ नम्बरको समष्टिका अध्यक्ष विनय घिसिङको अध्यक्षतामा सम्पन्न सभामा २१-२१ सदस्यलाई लिएर कोअर्डिनेशन कमिटी गठन गरियो। यो कमिटीले अमरसिंह राईको पक्षमा समष्टिका घर-घर पुगेर चुनाउ प्रचार प्रसार गर्नेछ।
सभामा जिल्ला कमिटीका सचिव गायत्री मुखिया, युवा मोर्चा अध्यक्ष विदुर राई, अमिर बस्नेत, भुवन खनाललगायत पार्टीका अन्य उपस्थित थिए।